जीवन सम्पन्न बीमा योजना

जीवन सम्पन्न बीमा योजना


बीमालेखका विशेषताहरु:

न्यूनतम बीमाङ्क रकम रु.१,५०,०००/-
अधिकतम बीमाङ्क रकम आयस्रोतको आधारमा।
प्रबेश उमेर न्यूनतम १८ वर्ष
  अधिकतम ६० वर्ष
अधिकतम बीमा समाप्ती उमेर ७० वर्ष
बीमा अवधि १०,१५,२० र २५ वर्ष

 

बीमाशुल्क भुक्तानी गर्नुपर्ने अवधि

बीमा शुल्क भुक्तानी अवधि बीमा अवधि
एकल ५,१०,१५,२० र २५ बर्ष
५ बर्ष १०,१५,२० र २५ बर्ष
१० बर्ष १५,२० र २५ बर्ष
१५ बर्ष २० र २५ बर्ष
२० बर्ष २५ बर्ष

 

बीमाशुल्क भुक्तानी तरिका एकल, बार्षिक, अर्धबार्षिक, त्रैमासिक
स्वास्थ्य परिक्षण कम्पनीको नियमानुसार
उमेर गणना गर्ने तरिका नजिकको जन्मदिन (Age Nearer Birthday)
दोहोरो दुर्घटना लाभ (ADB) बीमाङ्क रकम बराबर वा बढिमा रु १,००,००,००० सम्म

दुर्घटनाबाट स्थायी अंगभंग सुविधा

(TPD-PWB/MIB)

समावेस गर्न सकिने

 

बीमाशुल्क भुक्तानी तरिकाको आधारमा लाग्ने थप बीमा शुल्क

बीमाशुल्क भुक्तानी तरिका थप लाग्ने बीमा शुल्क
अर्ध बार्षिक लाग्ने बीमा शुल्क दर x रु. ०.५०७/–
त्रैमासिक लाग्ने बीमा शुल्क दर x रु. ०.२५५/–

 

बीमाङ्कको आधारमा छुट:

बीमाङ्क रकम एकल बीमा शुल्कमा छुट नियमित बीमा शुल्कमा छुट
रु १५०,०००/– देखी रु ४,९९,९९९/– सम्म छुट: छैन छुट: छैन
रु ५,००,०००/– देखी रु ९,९९,९९९/– सम्म प्रति हजार रु १.५०/– प्रति हजार रु ०.४०/–
रु १०,००,०००/– देखी माथि प्रति हजार रु ३.००/– प्रति हजार रु ०.७०/–

 

बीमा सुविधा

क) जीवित रहेमा (In Case Of Survival): बीमा अवधि समाप्ति भएमा बीमाङ्क रकम र नियमानुसारको आर्जित बोनस रकम भुक्तानी गरिनेछ ।
ख) निधन भएमा (In Case Of Death): बीमाङ्क रकम र बीमा समाप्त हुने मिति अगावै बीमितको मृत्यु भएमा नियमानुसारको आर्जित बोनस रकम समेत भुक्तानी गरिनेछ ।

 

अन्य सुविधा

-समर्पण मूल्य (Surrender Value)/ चुक्ता मूल्य (Paid Value)/ कर्जा (Policy Holder Loan): बीमालेख अन्तर्गतको शर्त तथा सुविधाको अधिनमा रहि गर्न सकिनेछ ।
-आयकर छुटको ब्यवस्था: आयकर ऐन, २०५८ को ब्यवस्था बमोजिम आयकर छुट हुनेछ ।

 

पूरक करार सुविधा:
(१) दुर्घटना मृत्यु लाभ (Accidental Death Benefit)

बीमा शूल्क थप भुक्तानी गरि दुर्घटनाको कारणवाट निधन भएमा बीमालेखमा उल्लेखित बीमाङ्क रकम, उक्त अवधि सम्मको आर्जित वोनस रकम र पूरक करार सुविधामा उल्लेखित बीमाङ्क रकम बराबर वा अधिकतम रु १,००,००,०००/– सम्म मध्ये जुन कम हुन्छ सोे बीमाङ्क रकम थप भुक्तानी दिइनेछ।

 

(२) दुर्घटना मृत्यु लाभ (Accidental Death Benefit), बीमा शुल्क छुट (Premium Waiver Benefit) र मासिक आय (Monthly Income Benefit) सुविधाहरु:

बीमाशूल्क थप भुक्तानी गरी दुर्घटना मृत्यु लाभ (ADB),बीमा शुल्क छुट (PWB) र मासिक आय (MIB) सुविधा लिन सकिनेछ । दुर्घटनाको कारणवाट निधन भएमा बीमालेखमा उल्लेखित बीमाङ्क रकम, उक्त अवधि सम्मको आर्जित बोनस रकम र पूरक करार सुविधामा उल्लेखित बीमाङ्क रकम बराबर वा अधिकतम रु १,००,००,००० सम्म मध्ये जुन कम हुन्छ सोे बीमाङ्क रकम थप भुक्तानी दिइनेछ । दुर्घटनाको प्रत्यक्ष कारणबाट बीमितको पूर्ण अशक्तता/अंगभंग भएको प्रमाणित भएमा दुर्घटना मिति पछि मूल बीमालेख तथा पूरक करारको बीमाशुल्क भुक्तानी गर्न नपर्ने गरी “बीमाशुल्क छुट” सुविधा प्रदान गरिनेछ र बीमाङ्कको १२० भागको १ (एक) भाग रकम प्रत्येक महिनाको अन्तमा मासिक आय सुविधा प्रदान गरिनेछ तर सो वापत प्राप्त रकम पूरा भुक्तानी नहुदै बीमितको बिमालेख परिपक्व वा बीमितको मृत्यु भएमा वाँकी मासिक भुक्तानी गनुपर्ने सुविधा वापतको रकम एकमुष्ट रुपमा भक्तानी गरिनेछ । यो सुविधा प्राप्त गर्नका लागि वीमितको उमेर १८ वर्ष पुगेको हुनुपर्नेछ ।

 

बीमा समितिबाट स्वीकृति मिति: २०/०४/२०२१
प्रथम बीमालेख जारी भएको मिति: २३/०५/२०२१