जीवन दीप बीमा योजना
जीवन दीप बीमा योजना
म्यादी जीवन योजना (मुनाफा रहित)
बीमालेखका विशेषताहरुः
बीमाङ्क रकमः | न्यूनतम – रु. ३००,०००/— अधिकतम – रु. आयश्रोतको आधारमा |
प्रबेश उमेरः | न्यूनतम – १६ वर्ष अधिकतम – ६० वर्ष |
बीमा शुल्क भुक्तानी अवधिको अधिकतम उमेर: | ६५ वर्ष |
बीमा शुल्क भुक्तानी अवधि: | न्यूनतम – ५ वर्ष अधिकतम – २५ वर्ष |
बीमाशुल्क भुक्तानी तरिका: | बार्षिक |
उमेर गणना गर्ने तरिका: | नजिकको जन्मदिन (Age Nearer Birthday) |
बीमाङ्क रकममा छुटको ब्यवस्था:
रु. १०,००,०००/– सम्म | प्रति हजार रु.०/– |
रु. १०,००,००१/– देखि १५,००,०००/– सम्म | प्रति हजार रु. ०.२५/– |
रु. १५,००,००१/– देखि माथि | प्रति हजार रु. ०.५०/– |
बीमा सुविधा:
क) जीवित रहेमा (In Case of survival) : बीमालेख परिपक्क भएमा कुनै रकम भुक्तानी गरिने छैन ।
ख) निधन भएमा (In Case of Death): बीमा अवधि भित्र बीमितको मृत्यु भएमा बीमाङ्क रकम इच्छाएको ब्यक्तिलाई भुक्तानी गरिनेछ ।
ग) दुर्घटनाबाट मृत्यु भएमा (In Case of Death Due to Accident (ADB): बीमितले दुर्घटना लाभ सुविधा लिएको खण्डमा बीमालेख चालु रहेको अवस्थामा करारमा उल्लेखित बीमाङ्क भुक्तानी गरिनेछ ।
घ) दुर्घटना बाट पूर्ण स्थायी अंगभंग भएमा (In Case of Total Permanent Disability Due to Accident (TPD): बीमितले दुर्घटना लाभ सुविधा लिएको खण्डमा बीमा लेख चालु रहेको अवस्था दुर्घटनाको प्रत्यक्ष कारणबाट बीमित पूर्ण अशक्त भएमा बीमा शुल्क भुक्तानी गर्न नपर्ने गरी “बीमा शुल्क छुट” सुविधा प्रदान गरिनेछ । करारमा उल्लेखित बीमाङ्कको १२० भागको १ (एक) भाग रकम प्रत्येक महिनाको अन्तमा भुक्तानी दिइनेछ ।
समर्पण मूल्य/चुक्ता मूल्य/कर्जा:
यस बीमालेख अन्तर्गत समर्पण मूल्य/चुक्ता मूल्य/कर्जा सुविधा उपलब्ध हुने छैन ।
स्वास्थ्य परिक्षण : बीमाङ्क र उमेरको आधारमा नियमानुसार स्वास्थ्य परिक्षण गर्नुपर्नेछ । स्वास्थ्य परिक्षण शुल्क बीमित आफैले व्यहोर्नु पर्नेछ ।
पूरक करार सुविधा:
क) दुर्घटनाबाट मृत्यु लाभ (ADB)
ख) दुर्घटनाबाट पूर्ण स्थायी अंगभंग लाभ (Total Permanent Disability)
बीमा समितिबाट स्वीकृति मिति: ०८/०९/२०२०
प्रथम बीमालेख जारी भएको मिति: १०/०९/२०२०