अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजना

अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजना


यस यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यवसाय प्रारम्भ गरेको शुरुवात देखी नै ग्राहक वर्गहरुको हितलाई ध्यानमा राखी नेपालको बीमा क्षेत्रमा पहिलो पटक विशेष रुपमा जीवन बीमा क्षेत्रमा छुटै पहिचान बनाउन “अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजना” प्रस्तुत गरेको छ । बीमा अवधि भित्रै अग्रिम रुपमा बीमाङ्क रकम भुक्तानी प्राप्त हुनुका साथै बीमा अवधि समाप्ति पश्चात् पनि आजीवन बीमा रहने यस बीमा योजनाको मुख्य बिशेषता रहेको छ ।

 

बीमालेखका विशेषताहरुः
बीमाङ्क रकम :  न्यूनतम – रु. ५०,०००/—   अधिकतम – आयस्रोतको आधारमा ।
प्रबेश उमेर : न्यूनतम – ११ वर्ष  अधिकतम – ६०,५५,५०,४५ वर्ष(बीमा शुल्क भुक्तानी अवधि १०,१५,२० र २५वर्षको लागि)
अधिकतम उमेर : ७० वर्ष
बीमा शुल्क भुक्तानी अवधि : १०, १५, २० र २५ वर्ष
अधिकतम बीमा अवधि : ८८ वर्ष
बीमाशुल्क भुक्तानी तरिका : बार्षिक, अर्धबार्षिक, त्रैमासिक र मासिक
स्वास्थ्य परिक्षण : कम्पनीको नियमानुसार
उमेर गणना गर्ने तरिका : नजिकको जन्मदिन (Age Nearer Birthday)
दोहोरो दुर्घटना लाभ ९ब्म्द्य० : बीमाङ्क रकम बराबर वा बढिमा रु १,००,००,००० सम्म
दुर्घटनाबाट स्थायी अंगभंग : समावेश गर्न सकिने (TPD – MIB/PWB)
बीमाङ्क रकममा छुट : रु. २,००,०००/- देखी २,९९,९९९ /- सम्म प्रति हजार रु. रु.१ /- रु. ३,००,०००/- देखी माथि प्रति हजार रु. रु.२ /-

 

बीमाशुल्क भुक्तानी तरिकामा छुट/थप:
बार्षिक बीमाशुल्क : २ % छुट
अर्धबार्षिक बीमाशुल्क : १ % छुट
त्रैमासिक बीमाशुल्क : छुट छैन
मासिक बीमाशुल्क : ५ % थप

 

यस बीमा लेखको मूख्य आकर्षणहरु:

  • यस बीमा योजना अन्तर्गत बीमाङ्क रकमको निम्न उल्लेखित तालिका अनुसार बीमितलाई भुक्तानी गरिनुका साथै बीमितको बीमा अवधि समाप्ति नहुंदै मृत्यु भएमा मृत्यु अगाडी बीमितले प्राप्त गरेको रकम नकटाई बीमाङ्क रकम र नियमानुसारको आर्जित बोनस रकम भुक्तानी गरिने
  •  बीमा अवधि समाप्ति पश्चात् पनि बीमित जीवित रहेसम्म बीमितको जोखिम बहन
  • बीमित १०० वर्ष प्रवेश उमेर सम्म जीवित रहेमा बीमालेखमा उल्लेखित बीमाङ्क रकम बीमितलाई भुक्तानी
  • दुर्घटनाको कारणवाट पूर्ण रुपमा अपाङ्क र अशक्तता भएको प्रमाणित भएमा (पूरक करारमा उल्लेखित भए अनुसार) बीमितले सुविधा वापत बीमा अवधिभर बीमा शुल्क छुटको व्यवस्था र बीमाङ्क रकमको १२० भागको १ भाग रकम प्रत्येक महिना भुक्तानी
  • बार्षिक र अर्धबार्षिक बीमा शुल्क भुक्तानीमा र बीमाङ्क रकमको आधारमा बिशेष छुटको व्यवस्था रहेको

 

बीमा सुविधा:

क) जीवित रहेमा (In Case Of Survival) :
बीमा अवधिको आधारमा निम्न लिखित अवधिमा तोकिएको बीमाङ्क रकम र अवधि समाप्तीमा बीमाङ्क रकमको पुरा अवधिको बोनस रकम भुक्तानी गरिनेछ ।

बीमा अवधि भुक्तानी अवधि (बीमाङ्क रकमको प्रतिशतमा)



बीमित १०० वर्ष प्रवेश उमेर सम्म जीवित रहेमाः बीमालेखमा उल्लेखित बीमाङ्क रकम बीमितलाई भुक्तानी गरिनेछ ।

ख) मृत्यु भएमा (In Case Of Death) :बीमा समाप्त हुने मिति अगावै बीमितको मृत्यु भएमा माथि उल्लेखित किस्ता बन्दीमा भुक्तानी गरिसकेको बीमाङ्क रकमलाई गणना नगरी शत प्रतिशत बीमाङ्क रकम र नियमानुसारको आर्जित बोनस रकम समेत भुक्तानी गरिनेछ ।
ग) बीमा अवधि समाप्ति भएपछि कुनै पनि समयमा बीमितको असामयिक निधन भएमा इच्छाइएको ब्यक्तिलाई बीमाङ्क रकम मात्र थप भुक्तानी गरिने छ ।
घ) वीमितले दुर्घटना लाभ सुविधा लिइएको खण्डमा वीमा समाप्ती पश्चात वीमितको उमेर ७० वर्ष पुग्नु अगावै दुर्घटनावाट मृत्यु भएमा वीमाङ्क रकम र ब्म्द्य वापत थप वीमाङ्क रकम बराबर वा अधिकतम रु १,००,००,०००/– सम्म भुक्तानी गरिने छ ।

 


अन्य सुविधा:

समर्पण मूल्य (Surrender Value) /  चुक्ता मूल्य (paid Value)/ कर्जा (Policy Holder Loan)
बीमालेख अन्तर्गतको शर्त तथा सुविधाको अधिनमा रहि गर्न सकिनेछ ।

आयकर छुटको ब्यवस्था :
आयकर ऐन, २०५८ को ब्यवस्था बमोजिम आयकर छुट हुनेछ ।

पूरक करार सुविधा :
(१) दोहोरो दुर्घटना लाभ
(२) बीमा शुल्क छुट 
(३) मासिक आय

माथि उल्लेखित करार सुविधा अन्तर्गत मूल वीमाङ्क रकम भन्दा बढी नहुने गरी अधिकतम रु. ७५ लाख सम्मको दुर्घटना मृत्यु लाभ, वीमा शुल्क छुट, मासिक आय सुविधा समावेश गर्न सकिनेछ । यो सुविधा प्राप्त गर्नका लागि वीमितको उमेर १६ वर्ष पुगेको हुनुपर्नेछ ।

बीमित नावालक भएमा प्रदान गरिने थप सुविधा : (बीमितको उमेर ११ देखी १४ वर्ष सम्मका लागि)
अ) बीमा शुल्क छुट सुविधा : दुर्घटनाको प्रत्यक्ष कारणबाट प्रस्तावकको पूर्ण रुपमा अशक्तता/अंगभंग/मृत्यु भएको प्रमाणित भएमा दुर्घटना मिति पछि मूल बीमालेख तथा पूरक करारको बीमाशुल्क भुक्तानी गर्न नपर्ने गरी “बीमा शुल्क छुट” सुविधा प्रदान गरिने छ । तर बीमितको उमेर १६ वर्ष नपुगुन्जेल सम्म मात्र यो सुविधा प्रदान गरिने छ ।
आ)मासिक आय सुविधा : दुर्घटनाको प्रत्यक्ष कारणबाट प्रस्तावकको मृत्यु भएमा वा पूर्ण रुपमा अशक्तता वा अंगभंग भएको प्रमाणित भएमा दुर्घटना मिति पछि यस करारको बीमाङ्क रकमको १% वा १.५% वा २% रकम बीमितले छनौट गरे अनुसारको दरले प्रत्येक महिनाको अन्त्यमा बीमालेख परिपक्व अवधि सम्म वा बीमितको उमेर १६ वर्ष नपुगुन्जेल सम्म मध्ये जुन अघि हुन्छ सो सम्म मात्र भुक्तानी गरिनेछ ।

 

बीमा समितिबाट स्वीकृति मिति: १०/१०/२०१७
प्रथम बीमालेख जारी भएको मिति: १५/१०/२०१७