सावधिक तथा आजीवन जीवन बीमा योजना

सावधिक तथा आजीवन जीवन बीमा योजना


 

 सावधिक तथा आजीवन वीमा सुविधा युक्ता जीवन बीमा योजनामा बीमा अवधि समाप्तीमा बीमाङ्क रकम र नियमानुसारको आर्जित बोनस रकम भुक्तानी गरिनेछ । बीमा अवधि समाप्ती भएपछि कुनै पनि समयमा बीमितको असामयिक निधन भएमा इच्छाइएको ब्यक्तिलाई बीमाङ्क रकम मात्र थप भुक्तानी गरिने छ । बीमित १०० वर्ष प्रवेश उमेर सम्म जीवित रहेमा बीमालेखमा उल्लेखित बीमाङ्क रकम बीमितलाई थप भुक्तानी गरिनेछ ।

 

बीमालेखका विशेषताहरुः

बीमाङ्क रकमः न्यूनतम – रु. १००,०००/—
  अधिकतम – आयस्रोतको आधारमा ।
प्रबेश उमेरः न्यूनतम – ११ वर्ष
  अधिकतम – ६५ वर्ष
बीमा शुल्क भुक्तानी अवधिको अधिकतम उमेर : ७० वर्ष
बीमा शुल्क भुक्तानी अवधि: न्यूनतम – ५ वर्ष
  अधिकतम – ५९ वर्ष
न्यूनतम बीमा अवधि: ३४ वर्ष
अधिकतम बीमा अवधि: ८८ वर्ष
बीमाशुल्क भुक्तानी तरिका: बार्षिक, अर्धबार्षिक, त्रैमासिक र मासिक
स्वास्थ्य परिक्षण: कम्पनीको नियमानुसार
उमेर गणना गर्ने तरिका: नजिकको जन्मदिन (Age Nearer Birthday)
दोहोरो दुर्घटना लाभ(ADB): समावेस गर्न सकिने (बीमाङ्क रकम बराबर वा बढिमा रु.१,००,००,०००) सम्म
दुर्घटनाबाट स्थायी अंगभंग(TPD): समावेस गर्न सकिने
बीमाशुल्क छुट(PWB):  समावेस गर्न सकिने 
बीमाङ्क रकममा छुट: रु. २,००,०००/- देखि २,९९,९९९ /- सम्म प्रति हजार रु. रु.१/-
  रु. ३,००,०००/- देखि प्रति हजार रु. २ /-

 

बीमाशुल्क भुक्तानी तरिकामा छुट/थप

बार्षिक बीमाशुल्क: २% छुट

अर्धबार्षिक बीमाशुल्क: १% छुट

त्रैमासिक बीमाशुल्क: छुट छैन

मासिक बीमाशुल्क: ५% थप

 

बीमा सुविधा:

क) जीवित रहेमा : बीमा अवधि समाप्ती भएमा बीमाङ्क रकम र नियमानुसारको आर्जित बोनस रकम भुक्तानी गरिनेछ ।
ख) निधन भएमा : बीमाङ्क रकम र बीमा समाप्त हुने मिति अगावै बीमितको मृत्यु भएमा नियमानुसारको आर्जित बोनस रकम समेत भुक्तानी गरिनेछ ।
ग) बीमा अवधि समाप्ती भएपछि कुनै पनि समयमा बीमितको असामयिक निधन भएमा इच्छाइएको ब्यक्तिलाई बीमाङ्क रकम मात्र थप भुक्तानी गरिने छ । बीमित १०० वर्ष प्रवेश उमेर सम्म जीवित रहेमा बीमालेखमा उल्लेखित बीमाङ्क रकम बीमितलाई थप भुक्तानी गरिनेछ ।
घ) वीमितले दुर्घटना लाभ सुविधा लिइएको खण्डमा वीमा समाप्ती पश्चात वीमितको उमेर ७० वर्ष पुग्नु अगावै दुर्घटनावाट मृत्यु भएमा वीमाङ्क रकम र ADB वापत थप वीमाङ्क रकम बराबर वा अधिकतम रु १,००,००,०००/- सम्म भुक्तानी गरिने छ ।

 

अन्य सुविधा:

समर्पण मूल्य/चुक्ता मूल्य/कर्जा

बीमालेख अन्तर्गतको शर्त तथा सुविधाको अधिनमा रहि गर्न सकिनेछ।

आयकर छुटको ब्यवस्था:

आयकर ऐन, २०५८ को ब्यवस्था बमोजिम आयकर छुट हुनेछ।

 

पूरक करार सुविधा:

(१) दोहोरो दुर्घटना लाभ (Accidental Death Benefit)
(२) बीमा शुल्क छुट (Premium Waiver Benefit)
(३) मासिक आय (Monthly Income Benefit)

मथि उल्लेखित करार सुविधा अन्तर्गत मूल बीमाङ्क रकम भन्दा बढी नहुने गरी अधिकतम रु. १,००,००,००० सम्मको दुर्घटना मृत्यु लाभ, बीमा शुल्क छुट, मासिक आय सुविधा समावेश गर्न सकिनेछ,। यो सुविधा प्राप्त गर्नका लागि बीमितको उमेर १६ वर्ष पुगेको हुनुपर्नेछ ।

 

बीमा समितिबाट स्वीकृति मिति: ३०/१०/२०१७
प्रथम बीमालेख जारी भएको मिति: ०६/११/२०१७