सावधिक तथा आजीवन जीवन बीमा योजना
सावधिक तथा आजीवन जीवन बीमा योजना
सावधिक जीवन वीमा योजना जुनसुकै वर्गले पनि गर्न सकिने जीवन वीमा योजना हो । आफ्नो तथा आफ्ना परिवारको आर्थिक सुरक्षा, सुनिश्चित भविष्य तथा सबल जीवन यापन गर्न सहज गराउने उद्देश्यका साथ यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले "सावधिक जीवन बीमा" योजना प्रस्तुत गरेको छ ।
बीमालेखका विशेषताहरुः
बीमाङ्क रकमः | न्यूनतम – रु. ५०,०००/— |
अधिकतम – आयस्रोतको आधारमा । | |
प्रबेश उमेरः | न्यूनतम – ११ वर्ष |
अधिकतम – ६५ वर्ष | |
बीमा शुल्क भुक्तानी अवधिको अधिकतम उमेर : | ७० वर्ष |
बीमा शुल्क भुक्तानी अवधि: | न्यूनतम – ५ वर्ष |
अधिकतम – ५९ वर्ष | |
बीमाशुल्क भुक्तानी तरिका: | बार्षिक, अर्धबार्षिक, त्रैमासिक र मासिक |
उमेर गणना गर्ने तरिका: | नजिकको जन्मदिन (Age Nearer Birthday) |
बीमाङ्क रकममा छुट: | रु. २,००,०००/- देखि २,९९,९९९ /- सम्म प्रति हजार रु. रु.१/- |
रु. ३,००,०००/- देखि प्रति हजार रु. २ /- |
बीमाशुल्क भुक्तानी तरिकामा छुट/थप
बार्षिक बीमाशुल्क: २% छुट
अर्धबार्षिक बीमाशुल्क: १% छुट
त्रैमासिक बीमाशुल्क: छुट छैन
मासिक बीमाशुल्क: ५% थप
बीमा सुविधा:
क) जीवित रहेमा: बीमा अवधि समाप्ती भएमा बीमाङ्क रकम र नियमानुसारको आर्जित बोनस रकम भुक्तानी गरिनेछ।
ख) मृत्यु भएमा: बीमाङ्क रकम र बीमा समाप्त हुने मिति अगावै बीमितको मृत्यु भएमा नियमानुसारको आर्जित बोनस रकम भुक्तानी गरिनेछ।
अन्य सुविधा:
समर्पण मूल्य/चुक्ता मूल्य/कर्जा
बीमालेख अन्तर्गतको शर्त तथा सुविधाको अधिनमा रहि गर्न सकिनेछ।
आयकर छुटको ब्यवस्था:
आयकर ऐन, २०५८ को ब्यवस्था बमोजिम आयकर छुट हुनेछ।
स्वास्थ्य परिक्षण: बीमाङ्क र उमेरको आधारमा नियमानुसार स्वास्थ्य परिक्षण गर्नु पर्नेछ।
मुनाफामा सरिक हुने/नहुने: मुनाफामा सरिक हुने|
पूरक करार सुविधा:
(क) दोहोरो दुर्घटना लाभ (Accidental Death Benefit): प्रति हजार रु १।०० का दरले।
(ख) दुर्घटनाबाट मृत्यु भएमा वा अंगभंग/अशक्तता भएमा दिईने थप सुविधा - ADB,TPD(PWB/MIB) प्रति हजार रु २ का दरले।