कम्पनी प्रोफाइल

कम्पनी प्रोफाइल


कम्पनीको परिचय


जीवन बीमा ब्यवसायको माध्यमबाट देशभर छरिएर रहेकोे आर्थिक श्रोत र साधनलाई जीवनबीमा शुल्कका रुपमा संकलन गरी देशको आर्थिक बिकासमा योगदान पुर्याउने र समग्र नेपालीहरुको आर्थिक जीवनस्तर सुदृढ तुल्याउने अभिप्रायलिई यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापना भएको हो ।

सिद्धार्थ नगरनगरपालिका–८, रुपन्देहीमा रजिष्ट्रर्ड कार्यालय र काठमाण्डौ महानगरपालिका–१०, नयाँबानेश्वर, काठमाण्डौमा प्रधानकार्यालय रहेको यस कम्पनी, कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०७४।०१।२४ गते (दर्ता नं.१६८१३१र०७३र०७४) दर्ता भई बीमा समितिबाट मिति २०७४|०३|२० गते जीवनबीमा ब्यवसाय संचालन गर्न ईजाजत पाए अनुसार कम्पनीले मिति २०७४।०६।०४ गते कारोवार संचालनको स्वीकृतीप्राप्त गरी तत्पश्चात नियमित रुपमा कारोवार संचालन गरिरहेको छ । यस कम्पनीमा प्रतिष्ठित उद्योगपति, व्यापारी, समाजसेवीहरु एवं समाजका प्रतिष्ठित ब्यक्तिहरु सहित जगदम्बा समूह, गोल्छा समूह, गाडिया समूह,न्यौपाने समूह, राजेश हार्डवेयर तथा टिवडेवाल समूह आदिको लगानी रहेको छ ।


पूँजी संरचना


कम्पनीको अधिकृत पुंजी रु २ अर्ब १५ करोड र जारी तथा चुक्ता पुंजी रु २ अर्ब १५ करोड रहेको छ । सो पुंजी मध्ये ७० प्रतिशतले हुने रु. १ अर्ब ५० करोड ५० लाख संस्थापक समूहको र ३० प्रतिशतले हुने रु.६४ करोड ५० लाख सर्वसाधारण समूहको योगदान रहेको छ।


पुनर्बीमा


कम्पनीले बीमा ब्यवसायमा हुने आर्थिक जोखिम न्युनगर्न बीमा गर्ने व्यक्तिहरुको पूनर्बीमा हिमालयन रि (Himalayan Re) र नेपाल पूनर्बीमा कम्पनी लिमिटेडसंग सम्झौता गरेको छ ।


परिकल्पना


नेपालीहरु माझ बीमा सम्बन्धी जनचेतना अभिबृद्धि गरी बीमा बजारको दायरालाई विस्तार गर्नुका साथै बीमितहरुलाई अन्तर्राष्ट्रिय स्तरको बीमा सेवा सुविधा प्रदान गरी आर्थिक समृद्धि प्रदान गर्ने ।


लक्ष्य


बीमा ब्यवसायलाई स्वच्छ, प्रतिस्पर्धी तथा विश्वसनिय बनाउन बीमितहरुको सुरक्षा तथा अधिकतम लाभ प्रदान गर्ने खालका बीमा योजनाहरु ल्याउने तथा छरिएर रहेका श्रोत र साधनहरुलाई एकिकृत गरी भौतिक पूर्वाधारहरुमा लगानी गर्नुको साथै रोजगारी सृजना गरी जीवनस्तर उकास्ने ।


कम्पनीको उद्देश्य ः


क) बीमा सम्बन्धी नयाँ बीमा योजनाहरु तयार गरी अन्तर्राष्ट्रिय स्तरको सुविधा प्रदान गर्ने ।
ख) बीमा ब्यवसायको प्रवर्धन गरी आर्थिक बिकासमा टेवा पुर्याउने।
ग) शेयर धनीहरु, बीमितहरुको लगानीको उचित प्रतिफल प्रदान गर्ने ।
घ) बीमा ब्यवसायको विकास तथा बिस्तार गरी सबैलाई बीमाको दायरामा ल्याउने ।
ङ) बीमा ब्यवसायको विश्वसनियता अभिबृद्धि गर्न जन चेतना मुलक कार्यहरु गर्ने ।


कम्पनीको संचालक समिति


प्रतिष्ठित उद्योगपति, व्यापारी, समाजसेवीहरु एवं समाजका प्रतिष्ठित ब्यक्तिहरुको लगानी रहेको यस कम्पनीमा निम्नानुसार संचालक समिति रहेको छ ।

१) श्री शुलभ अग्रवाल अध्यक्ष
२) श्री संदिप कुमारअग्रवाल संचालक
३) श्री जीवन कुमार अग्रवाल संचालक
४) श्रीमती सीमा गोल्छा संचालक
५) श्री दिगम्बर झा स्वतन्त्र विज्ञ संचालक
६) श्री सिताराम अग्रवाल संचालक (सर्वसाधारण समुह)
७) श्री सचिन आचार्य संचालक (सर्वसाधारण समुह)