बार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना

बार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना


स्थापनाको छोटो अवधिमै यस यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्र्नो अमूल्य ग्राहक वर्ग माझ बिभिन्न प्रकारको आकर्षक तथा आर्थिक सुरक्षा प्रदान गर्ने बीमा योजनाहरु ल्याई जीवन बीमा क्षेत्रमा लोकप्रयता कायम गरि एउटा छुटै पहिचान बनाउँन सफल भएको छ । ग्राहकहरुको आफ्ना भावी योजनाहरु सबैको हुन्छन । यी योजनाहरुलाई सार्थक बनाउंनको लागि यस यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले “बार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना” ल्याइएको छ । प्रत्येक बर्ष अग्रिम रुपमा निर्धारित बीमाङ्क रकम प्राप्त गरि आफ्नो बार्षिक योजनाहरुलाई सरल तरिकाले ब्यवस्थापन गरि निर्धक्क साथ आफ्नो जीवन यापन गर्न सकिने र कुनै बित्तिय संग संस्थाबाट ऋण उपभोग गर्ने ग्राहक वर्गहरुको लागि पनि ऋण भुक्तानीको भार कम हुने र भैपरी आउने समस्याहरुलाई सुलब तरिकाबाट आर्थिक सुरक्षामा तेवा पु–याउने हिसाबले यो बीमा योजना उत्तम रहेको छ ।

 

बीमालेखका विशेषताहरुः

बीमाङ्क रकम

:न्यूनतम – रु. ५,००,०००/—

:अधिकतम – आयस्रोतको आधारमा । 

प्रबेश उमेर

:न्यूनतम – ११ वर्ष

:अधिकतम – ६५वर्ष

अधिकतम उमेर :७० वर्ष
बीमा शुल्क भुक्तानी अवधि

:न्यूनतम – ५ वर्ष

:अधिकतम – २० वर्ष

बीमाशुल्क भुक्तानी तरिका :बार्षिक, अर्धबार्षिक, त्रैमासिक र मासिक
स्वास्थ्य परिक्षण :कम्पनीको नियमानुसार
उमेर गणना गर्ने तरिका :नजिकको जन्मदिन (Age Nearer Birthday)
दोहोरो दुर्घटना लाभ (ADB) र
दुर्घटनाबाट स्थायी अंगभंग सुविधा
:समावेश गर्न सकिनेछ ।
बीमाङ्क रकममा छुट :प्रति हजार रु.२ /-

 

बीमाशुल्क भुक्तानी तरिकामा छुट/थप:
बार्षिक बीमाशुल्क       :२ % छुट
अर्धबार्षिक बीमाशुल्क   :१ % छुट
त्रैमासिक बीमाशुल्क     :छुट छैन
मासिक बीमाशुल्क       :५ % थप

 

यस बीमालेखको मूख्य आकर्षणहरु:
- यस बीमा योजना अन्तर्गत बीमाङ्क रकमको ५% प्रत्येक बर्ष बार्षिकोत्षव पछिको मितिमा बीमितलाई भुक्तानी गरिनेका साथै बीमितको बीमा अवधि समाप्ति नहुंदै मृत्यु भएमा मृत्यु अगाडी   बीमितले प्राप्त गरेको रकम नकटाई पुरै बीमाङ्क रकम र नियमानुसारको आर्जित बोनस रकम भुक्तानी गरिने
- बित्तिय संग संस्थाबाट ऋण उपभोग गर्ने ग्राहक वर्गहरुको लागि किस्ताबन्धीमा तिर्नपर्ने रकममा आर्थिक भार कम हुने
- प्रत्येक बर्ष अग्रिम रुपमा प्राप्त हुने रकमलाई आफ्नो भावी योजनालाई परिपुर्ति गर्न मद्दत हुने
- पुरक करार सुबिधा अन्र्तगत दुर्घटनाको कारणवाट पूर्ण रुपमा अपाङ्क र अशक्तता भएमा (पूरक करारमा उल्लेखित भए अनुसार बीमितले सुविधा वापत बीमा अवधिभर बीमाशुल्क छुटको     व्यवस्था र बीमाङ्क रकमको १२० भागको १ भाग रकम प्रत्येक महिना भुक्तानी हुने
- बार्षिक र अर्धबार्षिक बीमाशुल्क भुक्तानीमा र बीमाङ्क रकमको आधारमा बिशेष छुटको व्यवस्था रहेको

 

बीमा सुविधा:
क) जीवित रहेमा (In case of survival): 
बीमित जीवित अवस्थामा बीमा अवधि भित्र प्रत्येक बर्ष बार्षिकोत्षव पछिको मितिमा बीमाङ्कको ५% रकम भुक्तानी गरिनेछ । बीमा समाप्तीमा ५% का दरले भुक्तानी गरिएको बीमाङ्क रकम पश्चातको बीमाङ्क र नियमानुसारको आर्जित बोनस रकम भुक्तानी गरिनेछ ।

ख) निधन भएमा (In case of death): 
बीमा परिपक्क हुनु अगावै बीमितको मृत्यु भएमा प्रत्येक बर्ष बार्षिकोत्षव पछिको मितिमा बीमाङ्कको ५% रकमको अग्रिम रुपमा भुक्तानी गरिसकेको बीमाङ्क रकमलाई गणना नगरी बीमालेखमा उल्लेखित पुरै बीमाङ्क रकम र नियमानुसारको आर्जित बोनस रकम भुक्तानी गरिनेछ ।

 

अन्य सुविधा
समर्पण मूल्य (Paid Value) / चुक्ता मूल्य (Paid Value) / कर्जा (Policy Holder Loan):
बीमालेख अन्तर्गतको शर्त तथा सुविधाको अधिनमा रहि गर्न सकिनेछ ।
आयकर छुटको ब्यवस्था:
आयकर ऐन, २०५८ को ब्यवस्था बमोजिम आयकर छुट हुनेछ ।

पूरक करार सुविधा:
(१) दोहोरो दुर्घटना लाभ (Accidental Death Benefit)
(२) बीमा शुल्क छुट (Premium Waiver Benefit)
(३) मासिक आय (Monthly Income Benefit)

माथि उल्लेखित करार सुविधा अन्तर्गत प्रति हजारमा रु.१ बीमा शुल्क थप गरि दोहोरो दुर्घटना लाभ (ADB) र प्रति हजारमा रु.२ बीमा शुल्क थप गरि दोहोरो दुर्घटना लाभ (ADB) सहित दुर्घटनाबाट स्थायी अंगभंग (TPD-PWB/MIB) सुविधाहरु पूरक करारमा उल्लेखित बीमाङ्क रकम भन्दा बढी नहुने गरि अधिकतम बीमाङ्क रकम रु. रु १,००,००,०००/– सम्म लिन सकिनेछ । यो सुविधा प्राप्त गर्नका लागि बीमितको उमेर १६ वर्ष पुगेको हुनुपर्नेछ ।

 

बीमित नाबालक भएमा प्रदान गरिने थप सुविधा :(बीमितको उमेर ११ देखी १४ वर्ष सम्मका लागि)

अ) बीमा शुल्क छुट सुविधा (Premium Waiver benefit): दुर्घटनाको प्रत्यक्ष कारणबाट प्रस्तावकको पूर्ण रुपमा अशक्तता/मृत्यु भएमा दुर्घटना मिति पछि मूल बीमालेख तथा पूरक करारको बीमा शुल्क भुक्तानी गर्न नपर्ने गरी “बीमा शुल्क छुट” सुविधा प्रदान गरिनेछ । तर बीमितको उमेर १६ वर्ष नपुगुन्जेल सम्म मात्र यो सुविधा प्रदान गरिने छ ।

आ) मासिक आय सुविधा (Monthly Income Benefit): दुर्घटनाको प्रत्यक्ष कारणबाट प्रस्तावकको मृत्यु भएमा वा पूर्ण रुपमा अशक्तता भएमा दुर्घटना मिति पछि यस करारको बीमाङ्क रकमको १% वा १.५% वा २% रकम बीमितले छनौट गरे अनुसारको दरले प्रत्येक महिनाको अन्त्यमा बीमालेख परिपक्क अवधि सम्म वा बीमितको उमेर १६ वर्ष नपुगुन्जेल सम्म मध्ये जुन अघि हुन्छ सो सम्म मात्र भुक्तानी गरिनेछ ।

 

बीमा समितिबाट स्वीकृति मिति:  १५/०६/२०१८
प्रथम बीमालेख जारी भएको मिति: २४/०६/२०१८

बन्द गरिएको मिति : १८/०२/२०२२