बैंकअस्युरेंस सम्झौता


Mar 18, 2018

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड वीच बैंकअस्युरेंस सम्झौतामा हस्ताक्षर भएको छ| सिटिजन्स बैंकको तर्फवाट   सि. ई. ओ. राजन सिङ भण्डारी तथा यूनियन लाइफ इन्स्योरेन्सको तर्फवाट सि. ई. ओ. मनोज कुमार लाल कर्णले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो| 

सम्झौता अनुसार सिटिजन्स बैंकको प्रधान कार्यालय तथा सम्पुर्ण शाखाहरुमा यूनियन लाइफ इन्स्योरेन्सको जीवन वीमा पोलिसी उपलब्ध हुनेछ| यूनियन लाइफ इन्स्योरेन्सको आठ जीवन वीमा पोलिसी मध्ये 'अगिम भुक्तानी तथा आजीवन जीवन वीमा योजना' बढी लोकप्रीय बन्न सफल देखिन्छ|

यसअघि यूनियन लाइफ इन्स्योरेन्सले जनता बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड तथा मुक्तिनाथ विकास बैंक लिमिटेडसंग बैंकअस्युरेंस सम्झौतामा हस्ताक्षर गरेको थियो|