बैंकअस्युरेंस सम्झौता


Feb 14, 2018

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कुमारी बैंक लिमिटेड वीच २०७४/१०/२१ गते बैंकअस्युरेंस सम्झौतामा हस्ताक्षर भएको छ| कुमारी बैंकको तर्फवाट सिनियर डेप्युटी सि. ई. ओ. अर्जुनमणि तिमिल्सिना तथा यूनियन लाइफ इन्स्योरेन्सको तर्फवाट सि. ई. ओ. मनोज कुमार लाल कर्णले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो| 

सम्झौता अनुसार कुमारी बैंकको प्रधान कार्यालय तथा सम्पुर्ण शाखाहरुमा यूनियन लाइफ इन्स्योरेन्सको जीवन वीमा पोलिसी उपलब्ध हुनेछ| दुईवीच जीवन वीमा पोलिसीप्रति जन ध्यानाकर्षण बढाउन अझ प्रवर्धन मुलक कार्यक्रम आयोजना गरिने सम्झौता पनि भएको छ| यूनियन लाइफ इन्स्योरेन्सको आठ जीवन वीमा पोलिसी मध्ये 'अगिम भुक्तानी तथा आजीवन जीवन वीमा योजना' बढी लोकप्रीय बन्न सफल देखिन्छ|

यसअघि यूनियन लाइफ इन्स्योरेन्सले जनता बैंक लिमिटेडसंग बैंकअस्युरेंस सम्झौतामा हस्ताक्षर गरेको थियो|